Websoft University

www.radiomakalu.com || 021-522512


चीनबाट फर्किए प्रचण्ड, चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह

pushpa kamal dahalको लागि तस्बिर परिणाम


काठमाडौं,चैत १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गरेका छन् । साथै उनले मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी गरेका छन् ।

चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।


आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको भन्दै उनले भने, ‘मैले कार्यदललाई सबै डकुमेन्ट तयार पार्नुस् । आएपछि एउटा बैठक गरेर टुंग्याउनुपर्छ भनेको थिएँ ।’

उनले अघि भने, ‘मलाई विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ ।’

उनले चीन भ्रमण सफल भएको दाबीसमेत गरे ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget