Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली तीन नोट र एक सिक्का विश्वकै सुन्दर मुद्रा



काठमाडौं,फागुन २६ गते   । नेपाली १ रुपैयाँ, ५ रुपैयाँ र ५ सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सुचीमा परेको छ । दि टेलिग्राफले यो सुचीको ११ औं स्थानमा पर्न ५ सय रुपैयाँको नोटमा जोडी बाघको विस्तृत चित्र रहेको कारण सुन्दर मानिएको हो ।

त्यस्तै, नेपाली सस्कृतीमा याकको महत्वपूर्ण स्थान रहेको र रु पाँचको नोटमा दुई वटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै यो नोटलाई १२ औं सुचीमा राखिएको छ । त्यस्तै, रु एकको नोटमा रंगको प्रगोग सादापनमा भएको भन्दै यो नोटलाई पनि १३ अँैं स्थानमा राखिएको छ । सुन्दर मानिएका २१ वटा मुद्राममध्ये तीन मुद्रा नेपाली रहेका छन् ।



त्यस्तै, २ रुपैयाँको सिक्कामा खेत जोतिरहेको तस्विर निकै रोचक रुपमा प्रस्तुत गरिएको भन्दै २१ सुन्दर सिक्कामा नेपाली यो सिक्का पनि परेको हो । तर २ रुपैयाँको सिक्काको ब्याख्यामा गोरु भन्नु पर्नेमा ‘भैसी वा राँगो’ भन्ने बुझाई राखिएको छ ।

यता, इन्टरनेशनल बैंक नोट सोसाईटीले हरेक वर्ष गर्ने उत्कृष्ट मुद्रा छनौटको २०१६ को लागि दर्ता गर्नुपर्ने अवधि सकिएको छ । गत ३१ जनवरीसम्ममा दर्ता खुला गरिएको थियो । १९ वटा मुद्रा नोमिनेशनमा रहेकोमा नेपालबाट कुनै मुद्रा प्रतिनिधत्वमा परेको छैन् । सोसाईटीले २०१७ को लागि पनि दर्ता माग गरिसकेको छ । सन् २०१८ को जनवरीसम्म दर्ता खुला गरिएको छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget