Websoft University

www.radiomakalu.com || 021-522512


फूल मन पराउनेले ‘पलाँस’ कै फूल पनि मन पराउँछ



काठमाडौं , चैत्र १७ गते । यो शुक्रबार (चैत १८ गते) चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । रेखा थापा स्टारर ‘पलाँस’ मा अयुव केसी रेखाको अपोजिटमा देखिँदैछन् ।
क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । चलचित्र रियल स्टोरीमा आधारित रहेको निमात्री चौलागाइँको दाबी छ । “महिलाहरु कसरी बेचिन्छन्, यही नै चलचित्रको मुख्य विषय हो,” चौलागाइँले भनिन्, “हामीले रियल पात्र भेटेपछि उहाँसँग लामो समय सँगै रहेर उहाँको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं ।”

चलचित्र बायोपिक मुभी भने हैन । रियल पात्रको कथामा व्यावसायिकताका लागि फिक्सनाइज गरिएको छ । पलाँस सुगन्धरहित फूल हो । यो चलचित्रको नाम त्यही सुगन्धरहित फूललाई प्रतिविम्बका रूपमा लिएर राखिएको हो ।

“फूल मन पराउने मान्छेले त्यसको बासना कस्तो छ भनेर सुँघेर मन पराउँदैन । त्यस्तो व्यक्तिले पलाँसको फूल पनि मन पराउँछ,” निमात्री चौलागाईँ भन्छिन्, “मायामा परेको मान्छेले कसरी माया गर्छ ? मन परेको मान्छेलाई व्यक्तिले कतिसम्म माया गर्न सक्छ र त्याग गर्छ भन्ने चलचित्रमा देखाइएको छ ।”

चलचित्रले अहिलेको समाजको यथार्थ चित्रण गरेको उनको भनाइ छ । “समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छन् भनिन्छ । तर यो सत्य होइन । मुम्बईमा मात्रै होइन, वैदेशिक रोजगारीका नाममा कुवेतसँगै विभिन्न खाडी राष्ट्रमा महिलाहरु बेचिरहेका छन् । रोजगारीका नाममा उनीहरुलाई कार्यक्षेत्रमै दुव्र्यवहार भइरहेको हुन्छ । यो अवस्था त विदेशमा मात्रै होइन, स्वेदशमै पनि छ । महिलाहरुले समाजमा भोगिरहेको पीडा र हिंसालाई चलचित्रले उठाएको छ,” निमात्री चौलागाईँले भनिन् ।

यही चलचित्रमार्फत रेखा सेतो पर्दामा एक वर्षपछि देखिँदैछिन् । आफैँले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ पछि रेखा अभिनित चलचित्र प्रदर्शनमा आएका छैनन् । ‘रामप्यारी’ अघिल्लो वर्षको अन्तिम महिना रिलिज भएको थियो । सिंगल थिएटरमा राम्रो क्रेज भएकी रेखाको यो चलचित्रले कत्तिको दर्शक तान्छ, त्यो त हेर्न बाँकी नै छ । तर, उनको यो चलचित्रले मल्टिप्लेक्स हलमा पनि शो पाएको छ ।

रेखा अक्सर आफ्नो ब्यानरमा महिलाप्रधान चलचित्र बनाउँछिन् । पछिल्लो समय उनले त्यस्तै चलचित्र बनाइन् । संयोग नै मान्नुपर्छ, उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘पलाँस’ पनि महिलाकै विषयको चलचित्र हो । महिलाप्रधान चलचित्र बनाउनु रेखाको विशेषता बनेको छ भने नयाँ अनुहारसँग अनस्क्रिन रोमान्स गर्दै आएकी छन् । पछिल्लो चलचित्र ‘रामप्यारी’ मार्फत नयाँ अनुहारलाई आफ्नो अपोजिटमा उभ्याएकी उनले ‘पलाँस’मा पनि डेब्यू नायकलाई अपोजिटमा पाएकी छन् ।
राजनीतिक छविसमेत बनाउँदै गरेकी उनी अघिल्लो महिना मात्रै राप्रपा नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीति र अभिनय मात्रै होइन, रेखा गीत पनि गाउँछिन् । अघिल्लो महिना नै उनले यम बरालको गीति एल्बम ‘मन भमरा’ मा ‘चट चट चट माया चट...’ बोलको गीत गाएकी थिइन् । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget