Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस र राप्रपाले सबै जिल्लामा चुनाव लड्न पाउने



काठमाडौं, चैत १० गते । नेपाली कांग्रेस र राप्रपाले अब सबै जिल्लामा स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् ।
राप्रपाको ९ र कांग्रेसको एक जिल्लामा दल दर्ता छुटेको थियो, जसका कारण छुटेका जिल्लाका स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था आएको थियो ।
तर, निर्वाचन आयोगले सत्तारुढ कांग्रेस, राप्रपासहितका दलहरुको छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएको छ । यसका लागि आयोगले फागुन २५ देखि २८ गतेसम्म तीन दिनको समय दिएर लिखित धारणा माग गरेको थियो ।
त्यस आधारमा कांग्रेसको डोल्पा र राप्रपाको मोरङ, धनुषा, महोत्तरीसहित छुटेका ९ जिल्लामा दल दर्ता भएको छ । ‘हाम्रो छुटेका जिल्लाहरुमा दल दर्ता भएको खबर आएको छ,’ राप्रपा प्रवक्ता सुुशीलकुमार श्रेष्ठले अनलाइनखबरसँग भने । -अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget