Websoft University

www.radiomakalu.com || 021-522512


लेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीलाई ज्यान मार्ने धम्की

 लेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीलाई ज्यान मार्ने धम्की

क्लाउडियो रेनरीलाई लेस्टर सिटीले प्रशिक्षकबाट बर्खास्त गरे यता आफूलाई ज्यान मार्ने धम्की आइरहेको स्ट्राइकर जेमी भर्डीले बताएका छन्।
भर्डीले रेनरीलाई क्लबले बर्खास्त गरेपछि आफ्नो परिवारलाई निशानामा पारिएको उल्लेख गरेका छन्।
ज्यान मार्ने धम्कीका कारण आफू तनावमा रहेको भर्डीले बताएका छन्। गत सिजन लेस्टर सिटीलाई पहिलो पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जिताएका रेनरीलाई क्लब व्यवस्थापनले यो सिजन गरेको खराव प्रदर्शनका कारण हटाएको थियो। भर्डीमाथि प्रशिक्षक रेनरीलाई हटाउनुमा हात रहेको आरोप लाग्ने गरेको छ।
तर, भर्डीले भने त्यसलाई ठाडै अस्वीकार गर्दै आएका छन्। भर्डीले भनेका छन्,‘रेनरीलाई हटाउनुमा मेरो कुनै हात छैन। यस्तो गलत आरोप लगाएको सुन्दा मलाई निकै पीडा हुन्छ।’लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि जिताएको ९ महिना पछि गत फेब्रुअरी २३ मा क्लब व्यवस्थापनले रेनरीलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो।
खराव प्रदर्शनबाट गुज्रिरहेको लेस्टर सिटीले रेनरीको बर्खास्तीपछिका खेलमा भने सुधारिएको प्रदर्शन गरिरहेको छ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget