काठमाडौं, चैत १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । साथै चुनावी ईन्चार्जहरु तोकिएका छन् ।
राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो ।
जसअनुसार मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा स्थानीय चुनावका लागि अञ्चलगत रुपमा इन्चार्ज (कमाण्डर)हरु समेत तेकेको छ ।-अनलाइनखबरबाट
Post a Comment