Websoft University

www.radiomakalu.com || 021-522512


भारतबाट ६ बालकको उद्धार

भारतबाट ६ बालकको उद्धार

झापा, चैत १० गते  । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो । अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । “ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पु¥याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,” ओझाले भन्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget