Websoft University

www.radiomakalu.com || 021-522512


प्राथमिकता नपाउँदा विभिन्न स्वास्थ्य समस्या

काठमाडौँ, चैत ७ गते । नेपालमा मुख (दन्त) स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गए पनि नीतिगत चासो दिन सकिएको छैन । मुख स्वास्थ्यलाई ध्यान नदिँदा मधुमेह, उच्च रक्तचाप, मुटु तथा पेटजन्य समस्या देखापर्ने भए पनि नेपालमा भने मुख स्वास्थ्यलाई प्राथमिकता दिन नसक्दा त्यसले अन्य धेरै समस्या सिर्जना गरेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालय मुख (दन्त) स्वास्थ्य ‘फोकल पर्सन’ प्रा.डा. शैली प्रधानले अन्य रोगको तुलनामा मुख स्वास्थ्यलाई सर्वसाधारणले पनि प्राथमिकता नदिएको बताउनुभयो । ‘सम्पूर्ण स्वास्थ्यको पाटो मुख स्वास्थ्यसँग सम्बन्ध हुने भएकाले मुख स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने हो,’ उहाँले
थप्नुभयोे– ‘तर नेपालमा सरकारले मुख (दन्त) स्वास्थ्यलाई केन्द्रित गरेर प्राथमिकताका साथ कार्यक्रम ल्याउन सकेको छैन । ’
सर्वसाधारणले पनि मुख स्वास्थ्यलाई बेवास्ता गरेको बताउँदै डा. प्रधानले भन्नुभयो– “मुख स्वास्थ्यको समस्या जुन व्यक्तिलाई छ, त्यो व्यक्तिलाई उच्च रक्तचाप, मधुमेहलगायतका रोगको खतरा हुन्छ । ” मुख स्वास्थ्यबिना अन्य स्वास्थ्यको कल्पनासमेत गर्न नसकिने भन्दै डा. प्रधानले सर्वसाधारणहरू मुख तथा दाँतको समस्या भएपछि मात्र अस्पताल जाने गरेको बताउनुभयो । कम्तीमा वार्षिक दुई पटक मुख (दन्त) चिकित्सककहाँ समस्याबिना पनि दन्त परीक्षण गराउन सुझाव दिँदै प्रधानले यसले मुख स्वास्थ्यसम्बन्धी रोग लाग्नबाट बचाउने बताउनुभयो ।
सरकारले बनाएको मुख स्वास्थ्य नीति कार्यान्वयनमा नआउँदा समस्या भएको भन्दै प्रधानले मुख स्वास्थ्य नीति लागू गर्ने हो भने ग्रामीण क्षेत्रका जनतासम्म मुख स्वास्थ्यको पहुँच पुग्ने बताउनुनभयो ।
नेपाल डेन्टल एसोसियसनका कोषाध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा. सुजया रौनियारले राष्ट्रिय स्वास्थ्य नीतिमा हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना दन्त चिकित्सक र डेन्टल सहायकको व्यवस्था गर्ने भनिए पनि उक्त नीति अझै कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । हरेक वर्ष नेपालमा १३ वटा मेडिकलबाट छ सय दन्त चिकित्सक उत्पादन हुने भए पनि हालसम्म सरकारी सेवामा २० जना मात्र रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा उत्पादन हुने वार्षिक छ सयबाहेक अन्य देशमा अध्ययन गरेर आउने चिकित्सक वार्षिक एक सयको सङ्ख्यामा हुने भन्दै डा. रौनियारले नेपालमा सरकारी नीतिको कारण उत्पादित चिकित्सक नेपालमा खपत हुन नसकेको बताउनुभयो ।
नेपालमा सन् २००४ मा सरकारले गरेको मुख स्वास्थ्यसम्बन्धी अनुसन्धानबाट छ वर्षसम्मका ५८ प्रतिशत बालबालिकाहरूमा दाँतसम्बन्धी समस्या देखा परेको थियो । यस्तै ६५ प्रतिशत युवामा दाँतको समस्या देखा परेको थियो । डा. रौनियारले नेपाल मेडिकल काउन्सिलमा हालसम्म एक हजार ९६० जना दन्त चिकित्सक मात्र दर्ता भएको भन्दै तीमध्ये ५४७ जना विशेषज्ञहरू रहेको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय बालबालिकाहरूमा पनि अत्यधिक रूपमा मुख स्वास्थ्य समस्या देखा परेको भन्दै अभिभावकले अत्यधिक गुलियो पदार्थ खुवाउँदा बालबालिकाहरू दाँत समस्याको शिकार हुने गरेको जानकारी दिनुभयो । उहाँले कम्तीमा पनि दैनिक दुई पटक दाँत माझ्न सुझाव दिँदै बेलुका भने अनिवार्य रूपमा दाँत माझ्नुपर्ने बताउनुभयो ।
दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेले सरकारबाट नीतिगत रूपमा मुख स्वास्थ्यका बारेमा ध्यान दिन नसक्नाले मुख स्वास्थ्य समस्या बढेको बताउनुभयो । यसैबीच सोमबार ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मूल नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको छ । -सरोज ढुङ्गेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget