Websoft University

www.radiomakalu.com || 021-522512


संसदमा घटने भए साना दल


संसदमा घटने भए साना दल
काठमाडौं  चैत ९ गते ।   समानुपातिक निर्वाचन तर्फ कम्तीमा तीन प्रतिशत मत ल्याउनु पर्ने र प्रत्यक्ष तर्फ एक सीट जित्नै पर्ने प्रावधानले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या घटने भएको छ । हाल संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या  ३० वटा छ ।
प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सीट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।

संसदको राज्यव्यवस्था समितिको बुधवार बसेको बैठकमा बहुमतले उक्त प्रावधान पारित गर्दै संसदमा सिफारिस गरेको छ । साना दलले थ्रेस होल्ड नराख्न माग गर्दै आएका थिए भने काँग्रेस,एमाले र माओवादी केन्द्रका सांसदको बहुमतले तीन प्रतिशतको थे्रसहोल्ड र प्रत्यक्षतर्फ एक सिट अनिवार्य गरेको हो।
संसदको आजै तीन बजे बस्ने बैठकबाट यो विधयेक पारित गर्ने तयारी भइरहेको सांसद गंगालाल तुलाधरले जानकारी दिए।-अन्नपूर्णपोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget