Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगविरुद्ध राप्रपा जुलुस

निर्वाचन आयोगविरुद्ध राप्रपा जुलुस

इटहरी, चैत  ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ ।

पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गर्नुभयो ।

राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget