Websoft University

www.radiomakalu.com || 021-522512


रासस अध्यक्ष वाग्लेद्वारा निरीक्षण तथा निर्देशन


रासस अध्यक्ष वाग्लेद्वारा निरीक्षण तथा निर्देशन
विराटनगर,  फागुन २६ गते  । राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले बुधबार रासस क्षेत्रीय कार्यालय, विराटनगरको स्थलगत निरीक्षण गर्नुभयो ।


सो अवसरमा विराटनगर कार्यालयद्वारा समाचार सङ्कलन तथा सम्प्रेषणको सम्बन्धमा जानकारी लिनुका साथै कार्यालयको भौतिक सम्पत्तिको अवस्थालगायतका विषयमा जानकारी लिनुका साथै कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिनुभयो ।

सो अवसरमा रासस क्षेत्रीय कार्यालयका प्रमुख प्रभाषचन्द्र झाले कार्यालयको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा अध्यक्ष वाग्लेले रासस क्षेत्रीय कार्यालयका प्रमुख झाका साथै मोरङ जिल्लास्थित स्ट्रिङगर समाचारदातासँग समाचार सङ्कलनलगायतका विषयमा जानकारी प्राप्त गरी आवश्यक निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले विश्वसनीयतामा आधारित खोजमूलक र विकासमूलक समाचारमा बढी केन्द्रित हुन र समाजिक सद्भाव बढाउने खालको समाचारलाई बढी प्राथमिकता राखेर सम्प्रेषण गर्न सुझाव दिनुभयो ।

यसका साथै मुलुकमा झन्डै २० वर्षको अन्तरालमा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहितालाई पालना गरी समाचार सङ्कलन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

सो अवसरमा रासस प्रशासन महाशाखाका कार्यकारी व्यवस्थापक उत्तम सिलवालले राससको सीमित साधनस्रोत रहेको जानकारी गराउँदै रासस कार्यालयको मर्मत सम्भारका लागि बजेटको व्यवस्थाको प्रयासमा जुटेको बताउनुभयो । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget