Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन चाहेर पनि कसैले रोक्न सक्दैंन : राप्रपा नेता राणा


निर्वाचन चाहेर पनि कसैले रोक्न सक्दैंन : राप्रपा नेता राणा
भक्तपुर,  चैत  ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताउनु भएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमती भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउनु भएको हो ।


 उहाँले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण बिषयबाट अल्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेशलाई बाईपास गरेर अगाडी बढ्न नहुनेमा जोड दिनु भयो । राप्रपा संशोधनको बिरोधमा नरहेको भन्दै उहाँले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न उहाँले सबैलाई आग्रह गर्नु भयो । राप्रपाको एजेन्डा निर्वाचन आयोगले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर बिबाद श्रृजना गरेको आरोप लगाँउदै आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानिय तहको निर्वाचनमा जाने उहाँले बताउनु भयो । उहाँले मधेशी मोर्चाले सरकारलाई दिएको सम्र्थन फिर्ता लिएसँगै सरकार अप्ठेरोमा पर्ने र निर्वाचन नहुने अवस्थालाई मध्य नजर गर्दै आफूहरु सरकारमा सामेल भएको बताउँनु भयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता बिभिन्न दलहरुले उलंघन गरिरहेको तर्फ आयोगको ध्यान जानु पर्नेमा उहाँले जोड दिनु भयो । हाल न्यायलय र कार्यपालिका बीचको बिबाद आजको नभई पहिल्यैदेखि चल्दै आएको बताउँदै जबराले यो नेपालको लागि फलदायक नरहेको बताउनु भयो । आईजीपि प्रकरणमा साधारणतय कार्यपालिकाको निर्णयमा न्यायलयले हस्तक्षेप गर्नु नमिल्ने भएता पनि सप्रमाण उजुरी आएको र त्यसमा न्यायालयले गरेको निर्णय जायज रहेको उहाँले बताउनु भयो ।-पुर्बेलीन्युजबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget