Websoft University

www.radiomakalu.com || 021-522512


एमाले मोरङ कार्यसमिति विस्तार


एमाले मोरङ कार्यसमिति विस्तार
विराटनगर,  चैत ९ गते  । नेकपा (एमाले) मोरङले जिल्ला कार्यसमितिको विस्तार भएको छ । पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जनालाई थप गरिएको जानकारी गराउनुभयो । साथै जिल्लाका नौ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ ।
सोअनुरुप क्षेत्र नं १ मा रुपनारायण मिश्र र दुर्गा विष्ट, क्षेत्र नं २ मा चण्डी राई र भोला अधिकारी, क्षेत्र नं ३ मा भेषनाथ रिजाल र रवीन थापा, क्षेत्र न ं४ मा सन्तोष साह र वसन्तदेव मण्डल, क्षेत्र नं ५ मा धर्मानन्द सञ्जेल र दीपक कर्ण, क्षेत्र नं ६ मा महेश भट्टराई र धर्मलाल सिंह, क्षेत्र नं ७ मा पर्शुराम बस्नेत र कासिम मियाँ, क्षेत्र नं ८ मा अजम्बर राई र राजकुमार ओझा तथा क्षेत्र नं ९मा भूपाल जिमी र पुष्प ढकाललाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी गराउनुभयो । त्यस्तै पार्टीका विभिन्न फाँट, जनसङ्गठन र स्थानीय तहका सङ्गठन समितिका संयोजक पनि तोकिएका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget