Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

dff

काठमाडौँ,  चैत १२ गते  । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चासोका साथ जानकारी लिनुभयो ।

अवलोकनका क्रममा उहाँले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिनुभयो ।

सो अवसरमा रक्षामन्त्री चाङले बसन्तपुर दरवारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पुरा होला भनी जिज्ञासा राख्नुभयो ।

त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उहाँले भूकम्पबाट भएको जनधन र यहाँका एतिहासिक तथा साँस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुख व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक एवम सास्कृतिक संगठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बसन्तपुर दरवार तथा त्यस क्षेत्रका सम्पदाको पुन निर्माण गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रर्दशक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाको बारेमा विस्तृतरुपमा जानकारी गराउनुभएको थियो ।

रक्षामन्त्री चाङले हनुमान ढोकाको मुख्य प्रवेशद्धार अगाडी परेवासँग निकै खुशीका साथ तस्विर समेत खिचाउनुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget