Websoft University

www.radiomakalu.com || 021-522512


ओबामाले फ्रान्समा एक महिना विताउने

ओबामाले फ्रान्समा एक महिना विताउने

फ्रान्स,  चैत ३ गते  । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुग्नुभएको स्थानीय टेलिभिजनले जनाएका छन् । स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उहाँले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गर्नु भएको छ ।
उहाँ आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिनुभएको थियो । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बस्नुभएको छ । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताउनुभएको छ । उहाँले किन यस्तो एक महिने योजना बनाउनुभयो भन्ने स्पष्ट हुनसकेको छैन । साथै उहाँको परिवारका सदस्यहरु पछि उहाँसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget