Websoft University

www.radiomakalu.com || 021-522512


पहिचानको आन्दोलनमा निरन्तर लाग्न आह्वान



काठमाडौँ, चैत १ गते । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी जनजाति, मधेसी, खस, शिल्पी लगायत उत्पीडित समुदायको पहिचान र अधिकार खोस्दै ठूला दल सत्तामा पुग्ने खेलमा लागिपरेको आरोप लगाउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम, शेर्पा प्रदेश समितिले गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले एमाले कुनै पनि हालतमा संविधान संशोधन रोक्न लागि परेको बताउनुभयो ।

उहाँले पुराना दलहरूले सङ्घीयतालाई साँचो अर्थमा स्विकारेको हो भने पहिला सङ्घ र प्रदेशको निर्वाचन गराउनुपर्ने बताउनुभयो. ।

कार्यक्रममा फोरमका उपाध्यक्ष रकम चेम्जोङले पहिचानसहितको सङ्घीयता भन्नु नै जातिका नामबाट राज्यको नामकरण गर्नु र सबैलाई राज्यको पहुँचमा पु¥याउनु हो भन्नुभयो । अर्का उपाध्यक्ष हेमराज राईले पहिचानको आन्दोलनमा निरन्तर लागिरहन आह्वान गर्नुभयो. । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget