Websoft University

www.radiomakalu.com || 021-522512


यस्तो छ एमालेको स्थानीय तहलाई सर्कुलर

यस्तो छ एमालेको स्थानीय तहलाई सर्कुलर

काठमाडौ चैत १० गते  । नेकपा एमालेले तत्काल नयाँ संरचनाअनुसार साविकका कमिटी पुर्नगठन गर्न निर्देशन दिएको छ ।महासचिव इश्वर पोखरेललद्वारा जारी सर्कुलरमा एमालेले जिल्ला कमिटीका वरिष्ठ सदस्यहरूमध्येबाट संयोजक/सहसंयोजक चयन गरेर गाउँपालिका कमिटी बनाउन निर्देशन दिएको हो ।
गाउँपालिका र नगरपालिकाको भूगोलभित्र पर्ने साबिकका सबै गाउँ/नगर कमिटीका पदाधिकारी, इलाका कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरू पदेन सदस्य रहनेगरी गाउँ तथा नगर कमिटी बनाउन जारी सर्कुलमा भनिएको छ । त्यस्तै सचिव भने कमिटीबाटै निर्वाचित गर्न निर्देशन दिइएको छ।
त्यस्तै, साबिकका गाउँ कमिटीलाई वार्ड कमिटी तथा वडा कमिटीलाई टोल कमिटीमा रूपान्तरित गर्न भनिएको छ । निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्य तथा गाउँ कमिटीका अध्यक्षहरू रहेको गाउँपालिका कमिटी रहेको सचिवालय निर्माण गर्न एमालेले निर्देशन दिएको छ ।
नयाँ घोषणा भएका नगरपालिका र उपमहानगरपालिकामा पनि गाउँपालिकाकै शैलीमा जिल्ला कमिटीको वरिष्ठ सदस्यलाई संयोजक र सहसंयोजक चयन गर्न एमालेले निर्देशन दिएको छ । वडाहरू टुक्रिएका गाउँ र नगरपालिकाका पार्टी कमिटीका पदाधिकारी र सदस्यहरूको हकमा मतदाता जहाँ पर्छ, त्यतैको गाउँपालिका वा नगरपालिका कमिटीमा समायोजन हुने सर्कुलरमा उल्लेख छ ।
उक्त निर्देशनअनुसार एमालेले कम्तीमा सातदेखि नौ वटासम्म छुट्टाछुट्टै गाउँपालिका र नगरपालिका कमिटी बनाउनेछ । त्यसमा पुराना गाउँ र इलाकाका साथै क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरूसमेत रहने छन् । त्यस्तै गाउँ कमिटीलाई भने वडा कमिटीमा तथा वडा कमिटीलाई टोल कमिटीमा रूपान्तरण गर्न एमालेले सर्कुलर जारी गरेको छ ।
महासचिव पोखरेललद्वारा जारी गरिएको सर्कुलरमा सत्ता पक्ष र प्रतिपक्षबीच साझा सहमति भएमा छिट्टै उम्मेदवार छनोटको कार्यविधि पठाइने बताइएको छ ।- बालकुमार नेपाल , अन्नपूर्णपोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget