Websoft University

www.radiomakalu.com || 021-522512


चीन एक्लैले ८ खर्ब ३० अर्ब लगानी गर्ने प्रतिबद्धता, लक्ष्य भन्दा १४ गुणा बढि प्रतिबद्धता प्राप्त

चीन एक्लैले ८ खर्ब ३० अर्ब लगानी गर्ने प्रतिबद्धता, लक्ष्य भन्दा १४ गुणा बढि प्रतिबद्धता प्राप्त


काठमाडौं , फागुन २१ गते । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले राजधानीमा आयोजित दुईदिने ‘नेपाल लगानी सम्मेलन’ करीब रू. १४ खर्बको (१३ दशमलव ५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धतासहित सकिएको छ । सम्मेलनबाट १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान गरिएको थियो ।

सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको बताए । सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित गरेर आयोजना गरिएको सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरियो । नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने विश्वास दिलाएर लगानीको प्रतिबद्धता ल्याउन सफल भएको उद्योगमन्त्री जोशीले बताए । उनले भने, “नेपालमा लगानीको वातावरणको राम्रो अवसर छ भन्ने अन्तरराष्ट्रिय समुदायमा अवगत भएको छ ।”

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासकाबारेमा सहभागीलाई जानकारी दिइएको थियोे । सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए । उनीहरूले रू. आठ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यसैगरी बङ्गलादेशबाट सहभागी भएका लगानीकर्ताले रू. दुई खर्बभन्दा बढी नेपालमा लगानी गर्ने विश्वास दिलाएका छन् ।

भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोडको लगानी गर्ने विश्वास दिलाएका छन् । जापान र बेलायतबाट सहभागी लगानीकर्ताले रू.एक÷एक खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा श्रीलङ्का, मलेसियालगायतका देशका लगानीकर्ताले नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका छन् । मन्त्री जोशीले प्राप्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गर्दै उद्योग मन्त्रालयले त्यसका लागि निरन्तर पहल गर्ने र लगानीकर्ताको सम्पर्कमा रहने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा सहभागी लगानीकर्ताबाट आएको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने वातावरण बनाउने विश्वास दिलाए । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैङ्कका अध्यक्ष जिन लिक्विन विशेष सम्बोधन गरेका थिए ।

सहभागिताका लागि भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्याण्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झण्डै २ सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियोे । उद्योग मन्त्रालयका अनुसार सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्यातिप्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुने सुनिश्चित भएको छ । भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङ्कङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ÷आठ, रुसबाट सात र संयुक्तराज्य अमेरिकाबाट छ ओटा कम्पनीका प्रतिनिधिको सहभागिता रह्यो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget