Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वकाे इटहरीलार्इ खेलकुद हब बनाइने : पूर्वमै पहिलाे पटक अन्तराष्ट्रियस्तरकाे तेक्वाण्दाे प्रतियाेगिता हुने



इटहरी, चैत्र ११ गते   । ब्यवसायीक तथा पर्यटन संगसंगै शैक्षिक हब बन्दै गएकाे पूर्वकाे केन्द्र इटहरीलार्इ पछिल्लाे समय खेलकुद हब बनाइने याेजना अनुरूप कार्यविधी अघि बढाइएकाे छ । इटहरीमा शुक्रबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले यस्ताे बताउनुभएकाे हाे ।

अन्तराष्ट्रिय अाेपन फ्रेण्डसिप तेक्वाण्डाे च्याम्पियनसिप अायाेजना हुने बारे गरिएकाे पत्रकार सम्मेलनमा सदस्य सचसव बिष्टले इटहरीलार्इ खेलकुद हब बनाउन माथिल्लाे निकायबाटै कसरत सुरू गरिएकाे बताए । खेलकुद हबकालागि पूर्वमे पहिलाे पटक अन्तराष्ट्रिय स्तरकाे तेक्वाण्डाे प्रतियाेगिताबाट सुरू गरिने भएकाे हाे ।



यसकालागि इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय रंगशालालार्इ अागामि ६ महिनाभित्र ब्यवस्थित बनार्इ सुविधासम्पन्न तेक्वान्डाे हलकाे निर्माण गरि प्रतियाेगिताकाे सुरूवातबाट इटहरीलार्इ खेलकुद हब बनाइने भएकाे हाे । अागामी २०१८ अन्तरगत १२ अाै संस्करणकाे अन्तराष्ट्रिय अाेपन फ्रेण्डसिप तेक्वाण्डाे च्याम्पियनसिप अायाेजना हुने भएकाे छ ।

प्रत्येक दुर्इ बर्षकाे अन्तरमा हुने च्याम्पियनसिप नेपालमा चाैथाे पटक नेपालमा हुन लागेकाे हाे भने पूर्वमा याे पहिलाे च्याम्पियनसिपकाे रूपमा रहनेछ । यस अघि पहिलाे संसकारण काठमाण्डाेमा दाेश्राे पाेखरामा र अाठाै संस्करण पनि काठमाण्डाैमै गरिएकाे थियाे तर चाैथाे पटक पनि नेपालले अवसर पाएपछि काठमाण्डाैमात्रै नभएर पूर्वाञ्चलमा पनि खेलकुद बिकास हुनुपर्छ भन्ने धारणाका साथ यस प्रतियाेगिताकाे चाैथाे संस्करण पूर्वाञ्चलकाे इटहरीमा अायाेजना गृ लागिएकाे पत्रकार सम्मेलनमा प्रमुख अतिथी रहनुभएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताउनुभयाे ।

काठमाण्डाैमा धेरै खेलकुदहरू भइरहने भएका कारण यसपटक केही नाैलाे अायाेजना र पूर्वलाृइ खेलकुद बनाइनुकासाथै पर्यटन ब्यवसायलाृइ समेत प्राेत्साहन मिल्नेगरी अन्तराष्ट्रिय अाेपन फ्रेण्डसिप तेक्वाण्डाे च्याम्पियनसिप इटहरीमा गर्न लागिएकाे प्रतियाेगिता निर्देशक दिवाकर डान महर्जनले बताउनुभयाे ।-पुर्बेलीन्युजबाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget