Websoft University

www.radiomakalu.com || 021-522512


नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य




बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको बिजय लक्ष्य पेश गरेको छ ।


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गर्‍यो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २२ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १६ रनको योगदान गरे ।-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget