Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित



फाइल तस्वीर ।
ताप्लेजुङ, फागुन २८ गते। शुक्रबार साँझदेखि वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । कञ्चनजंगा हिमालको मुख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायत गाउँमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फिटसम्म हिमपात भएको स्थानीयले बताएका छन् । पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट हिउँ परेको थियो । भारी हिमपात भएपछि पाधिभरा दर्शन गर्न हिँडेका तिर्थयात्री मर्कामा परेका छन् ।


पाथिभरा दर्शनका लागि आएका २ सय बढी तिर्थयात्री हिमपात भएपछि माथिल्लो फेदिमै अडि्कएका छन् ।

पाथिभरा डाँडामा पनि बाक्लो हिमपात भएको पाथिभरा मन्दिरमा रहेका पुजारीले बताएका छन् । शनिबार बिहान पनि हिमपात नरोकिएको स्थानीय उमनाथ पौडेलले जानकारी दिए ।

हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भए पनि बालीनाली राम्रो हुने आशमा स्थानीय खुसी भएका छन् ।-रविन भट्टराई,अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget