Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल



काठमाडौं,फागुन ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ ।
अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय सोमबार विहानसम्म थियो । र, थापा पक्षले राणालाई मनाउने प्रयास गरेका थिए । तर, यो प्रयास असफल भएको छ ।
राप्रपाका शीर्ष चार नेताबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा उम्मेदवारी दिन्छु भनेका थिए ।
अन्तिम समयमा लोहनीले मैदान छाडे । तर, उनी निकटका प्रदिपविक्रमको उम्मेदवारी पर्‍यो ।
निर्वाचन समितिका अनुसार एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि दिउँसो मतदान हुनेछ । केन्द्रीय सदस्यमा ४० खुलातर्फ छन् भने बाँकी आरक्षण छ ।
समोवशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कणर्ाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट एक पुरुष र एक महिला चुनिनेछन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget