Websoft University

www.radiomakalu.com || 021-522512


तिनजुरेमा सुबिधा सम्पन्न भ्यु टावरको शिलान्यास



तेह्रथुम  फागुन  ११ गते । तेह्रथुम संखुवासभा र ताप्लेजुङको सिमा क्षेत्र तिनजुरेमा निमार्ण हुने सुबिधा सम्पन्न भ्यु टावरको शिलान्यास गरीएको छ ।पर्याटन बिकासका साथै पर्याटकिय क्षेत्र बनाउने उदेश्यका साथ गुराँसको राजधानीमा निमार्ण हुन लागेको भ्यु टावरको तेह्रथुमका सभासद भवानी प्रसाद खापुङले एक कार्यक्रमका साथ शिलान्यस गर्नु भएको छ ।
लालीगुराँस नगरपालिका ४ मा रहेको पाथीभारा मन्दिर नजिकै २ करोड १३ लाख रुपेयाँको लागतले निमार्ण हुन लागेको भ्यु टावर चार तलाको हुने र पहिलो तलामा सुचना केन्द्र दोश्रो तलामा खुद्रा पसल तेश्रो तलामा क्याफे र चौथौ तलामा भ्यु पोईन्ट रहेने पर्याटन कार्यलय झापाका प्रमुख गणेश तिन्सीनाले बताउनु भयो । शिलान्य कार्यक्रममा तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधीकारी मुनका न्यौपाने स्थानीय बिकास अधीकारी प्रल्हाद कुमार कार्की लगायतले भ्यु टावर पर्याटकहरुको मुख्य आर्कषणको केन्द्र बन्ने बताउनु भयो ।



पर्याटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले क्षेत्रमा प्राकृतिक सुन्दरता सँगै आन्तरीक तथा बाह्रय पर्याटकहरु दिन प्रतिदिन भित्रीन्ने क्रम बढ्दै गएको छ । यस क्षेत्रमा नेपालमा पाईने ३२ मध्ये २८ प्रजातीका लालीगुराँसहरु पाईने गरेको छ । गुराँस सँगै यहाँ पाईने जडबिुटी, ऐतिहाँसिक ताल पोखरी, अग्ला पहाड, सिमसार क्षेत्र, लोपउन्मुख जडीबुटी र बन्यजन्तु पाईने भएकोले संरक्षणका लागी प्रस्ताब राखिएको छ ।- प्रकाश पाक्साँवा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget