Websoft University

www.radiomakalu.com || 021-522512


उदयपुर कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी


उदयपुर कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी
उदयपुर,  फाल्गुन  १३ गते । जिल्ला कारागार शाखा उदयपुरमा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी भएपछि व्यवस्थापनको समस्या भएको छ । कारागार प्रशासनका अनुसार कैदीबन्दीको संख्या अत्याधिक भएका कारण कैदी बन्दीलाई खाने, बस्ने र सुत्ने समस्या मात्र नभएर खानेपानी, शौचालयको समस्या पर्ने गरेको छ । अत्याधिक कैदीबन्दी भएकै कारण बेलाबेलामा बिभिन्न किसिमका रोगको संक्रमणसमेत हुने गरेको पनि कार्यालयले जनाएको छ । त्यस्तै ठाउँ अभावकै कारण कैदी बन्दीबीच एकापसमा झै झगडासमेत हुने गरेको कैदी बन्दीहरुको भनाई रहेको छ ।

०३८ सालमा निर्मित त्रियुगा नगरपालिका १ बोक्सेस्थित जिल्ला कारागार भवन ५० जना कैदी अँट्ने गरी लक्षित गरेर त्यसबेला निर्माण गरिएको थियो । चार दशक बितिसक्दा दोब्बर बढी संख्यामा कैदी बन्दी राखिएको छन् । तर, पनि भवनको स्तरोन्ति नहुनुका साथै थप भवन बनाउने र अन्य व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान जान नसक्दा दिनहुँ समस्या उत्पन्न हुँदै गएको कारागार प्रशासनले जनाएको छ ।

कच्ची ढुंगा माोले बनाएर बाहिरबाट सिमेन्टको प्लास्टर गरिएको पुरानो र थोत्रो भवन अहिलेसम्म जिर्ण भइसकेको छ । तर, पनि समय समयमा गर्नुपर्ने भवनको मर्मत सम्भार र स्तरोन्नति हुन नसकेकैले पनि भवन जोखिमयुक्त बनिसकेको छ । भवन कुन बेला भत्कने हो भन्ने खतरा रहेको प्रशासनको भनाई छ । भवनको मर्मत सम्भार र थप भवन विस्तारमा सरकारले वास्तै नगरेकाले यस्तो अवस्था सिर्जना भएको कारागार प्रमुख सीताराम कार्की बताउँछन् ।

उता कैदी बन्दी भने दिनदिनै थपिदै जाने गरेको छ । कैदीबन्दी थपिएकै कारण भवनले थाम्नै नसक्ने अवस्था आएको कारागार प्रमुख कार्कीले बताए । उनका अनुसार हाल कारागारमा ३ महिलासहित १ सय ३ जना कैदीबन्दी रहेका छन् । बिभिन्न अपराध आरोपमा सजाय पाएका र पुर्पक्षका लागि थुना आदेश पाएका १ सय ३ जना कैदी बन्दीले खचाखच भरिएको कारागार भवनमा कुनै पनि बेला रोगको संक्रमण भयो भने त्यसले महामारीको रुप लिने खतरा बढेको प्रति सरकारको ध्यान जान नसकेको भन्दै कार्कीले एउटा नयाँ भवन निर्माण गर्न सरकारले बजेटको व्यवस्था गर्नु पर्ने बताए ।

कैदी बन्दीलाई ठाउँ अभावमा बसेर खाने, आराम गर्ने समस्या मात्र नभएर खानेपानी, शौचालय, भण्डारण, भान्सा र सुत्ने बस्ने ठाउँसमेतको समस्या छ । ५० जना मात्र आँटने भवनमा दोब्बर बढी कैदी बन्दी राख्नुपर्दा भान्सा कोठादेखि सुत्ने बेड तथा कार्यालय सञ्चालन गर्ने ठाउँसम्म भरिभराउ भएर समस्या भएको हो । ठाउँ अभावले भवनको प्यासेज र लविमा पनि कैदी राख्नुपर्ने बाध्यता आईपरेको प्रमुख कार्कीले बताए । बढी कैदी बन्दीका कारण कार्यालय सञ्चालन गर्ने ठाउँसमेत अभाव भएपछि साविक कार्यालय कोठामा महिला कैदी बन्दीलाई राख्नु परेको उनले बताए ।

‘एकातिर पुरानो भवनको जोखिम उत्तिकै छ त्यसमाथि तेब्बर बढी संख्या राख्नुपर्ने बाध्यता छ’ प्रमुख कार्कीले समस्या सुनाए–‘भवन अभावमा कैदी वन्दीलाई राख्न कार्यालय कोठासमेत खाली गर्न सकिएको छैन ।’३४ वर्षअगाडि निर्मित कारागार भवन पुरुष कैदी बन्दीका लागि मात्र भनेर बनाइएको थियो । तर, अहिले महिला तथा बालबालिकालाई पनि राख्नु परेको छ । पुरुषका लागि मात्र भनेर बनाइएको भवनमा महिला र बालबालिकासमेत राख्नुपरेपछि व्यवस्थापन गर्न निकै समस्या परेको जेलर कार्कीले बताए । क्षमताभन्दा बढी कैदी बन्दी भएपछि खासगरी गर्मी याममा सकस पर्ने गरेको छ ।

जाडोमा खाँदाखाँद गरेर बस्दा पनि फरक नपर्ने भएपनि गर्मी याममा उनीहरुलाई निकै सकस पर्ने कारागारका चौकीदार बताउँछन् । गर्मीयाम बिभिन्न रोग लाग्ने मौसम भएकाले हैजा फैलने त्रास कैदीमा पलाएको छ । ‘जाडोमा त भिडभाडमै बस्दा ठिकठिकै हुन्छ, तर, गर्मीमा बडो सकस पर्छ’ चौकीदारले भने ’वैशाख लाग्दै गर्मी बढेपछि कैदीबन्दीलाई धेरै समस्या परेको छ, यस्तै हो भने हैजा फैलन बेर छैन ।’

क्षमताभन्दा बढी कैदी बन्दीलाई अन्यत्र सरुवा गरेर लैजान सके पनि तत्कालका लागि समाधान निस्कने उनको भनाई छ । तर, दीर्घकालीन समाधानका लागि कारागार व्यवस्थापन विभागमा अर्को भवन निर्माण गर्न, भएको संरचनाको जिर्णोद्धार गर्न, मर्मत सम्भार गर्न पत्राचार गरेको जेलर कार्कीले बताए । उनका अनुसार जाडोमा खासै समस्या देखिएको छैन तर गर्मीमा सम्भावित रोगको महामारीबाट बँच्न व्यवस्थापन विभागमा पत्राचार गरेर निकासको लागि जतिसक्दो चाँडो नयाँ भवनको लागि बजेट माग गरेको उनले बताए । विभागले आउँदो आर्थिक वर्षमा एउटा भवन निर्माण गर्न बजेट व्यवस्था गर्ने आश्वासन दिएको कारागार प्रमुख कार्कीले बताए ।-पुर्बेलीन्युज

 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget