Websoft University

www.radiomakalu.com || 021-522512


तीन रेड कार्ड, एथ्लेटिकोलाई पन्छाउँदै बार्सिलोना फाइनलमा




बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको तनावपूर्ण खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ३-२ ले विजयी भएको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ४३ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।

५७ औं मिनेटमा सार्गीले रातो कार्ड पाए र बार्सिलोना १० खेलाडीमा सिमित भयो । ६९ औं मिनेटमा एथ्लेटिको मड्रिड पनि १० खेलाडीमा सिमित भयो । उसका करास्कोले रातो कार्ड पाए ।

खेलको ८३ औं मिनेटमा गेमिरोले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए ।

अन्तिम मिनेटमा बार्सिलोना ९ खेलाडीमा सिमित भयो । उसकास्वरेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget