Websoft University

www.radiomakalu.com || 021-522512


छोराको पर्खाइमा आर्थिकबोझ थोर्पर्दै सिजुवाका ऋषिदेव समुदाय





मोरङ, माघ २७ गते । माघको ठिही,पश्चिमको चीसो हावा, न त खुट्टामा जुत्ता चप्पल छ न आङ भरि एकसरो लुगा । सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ ,दक्षिणी मोरङको सिजुवा –३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुलालका २ छोरा र ६ छोरी छन् । वर्सेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोरा छोरीलाई चिसो छल्ने लुगाफाटो भन्दा पेटभरि खाने अन्नमा नै फागुलालको ध्यान केन्द्रीत छ । उहाँ भन्नुहुन्छ– पेटभरि खान पाए भने जाडो त घुरपरालको पताईमा बालेको आगो तापेर पनि काट्न सकिन्छ नि ।

फागुलालकी जेठी छोरी उहाँ भन्दा १७ वर्ष मात्र कान्छी छन् । तर,छोरीलाई ज्वाई खोज्ने बेला सम्म सन्तानको ईच्छा फागुलालको रहर होइन, बाध्यता हो अरे । उहाँ भन्नुहुन्छ–‘छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन,काजकृया गर्न पनि छोरो नै चाहिन्छ । उहाँले छोरा पर्खदा पर्खदै ८ सन्तानको बाबुबन्नु परेको नियति सुनाउनु भयो । त्यसो त सिजुवा ३ मा उहाँ मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बन्नु भएको होइन । हब्बु लाल माझीको नियति पनि फागुलालको भन्दा फरक छैन् .हब्बुलाल ३७ वर्षको उमेरमा ५ जना छोरा छोरीको बाबु बनिसक्नु भएको छ ।

भन्नुहुन्छ–लगातार ४ छोरी जन्मिए, छोरा पर्खदा पर्खदै ५ सन्तान भइसके । उहाँले पाँचौं सन्तान चाहि छोरो भएको संकेत गनर्’भयो । उहाँका १ वर्ष, ६ वर्ष,४ वर्ष,३ वर्ष र डेढ वर्षका छोरा छोरी छन् । सबै छोराछोरी घर मै सकुशल जन्मिएको हब्बुलालले सुनाउनुभयो । फागुलाल र हब्बुलाल मात्र होइन,वस्तीमा धेरैले छोराको पर्खाइमा आर्थिक बोझ थोपरिरहेका छन् । त्यसो त उहाँहरूलाई परिवार नियोजन सम्बन्धि ज्ञान नभएको होइन, हब्बुकी पत्नी शान्तिकुमारी भन्नुहुन्छ–हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ? पीडा , समस्या र कुण्ठा प्रकट गर्दै शान्तिकुमारी रोकिनु भयो ।

शान्तिकुमारीको जस्तै भनाई राख्नुभयो –फागुलालकी पत्नी कलावतीले जेठी छोरी जानकी देवी जन्मिदा कलावती १६ वर्षकी मात्र हुनुहुन्थ्यो । भन्नुहुन्छ–छोरा भएन, के गनर्’ ? गरिवले अस्पतालमा गएर पेटमा के छ हेराउन सक्दैन, जे जन्मिए नि भगवानको भर .उहाँले गरिव र अशिक्षित भए पनि चेतनाले भरिएको प्रतिक्रिया दिनुभयो । जुम्ल्याहा छोरीहरू जन्मिदा मात्र अस्पताल गएको उहाँले बताउनु भयो ।
जमीनको नाममा ओत लाग्ने सानो छाप्रो बाहेक केही नभएका माझी र ऋषिदेवहरू हिउँदमा साहु महाजनको धान काटेर झण्डै ८ महिना खाने अन्न भेला गर्छन ।

वर्खामा कृषि मजदुरी । तर पछिल्लो समय कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको गाँस पनि खोसिदै गएको छ । चार पटक देशको प्रधानमन्त्री चयन गर्ने मोरङ जिल्लाको क्षेत्र नं. १ का जनताको स्वास्थ्य,शिक्षा र पुर्वाधारको अवस्था त यति विघ्न दःख छ भने देशका दुर्गम जिल्लाका नागरिकको अवस्था कस्तो होला ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget