Websoft University

www.radiomakalu.com || 021-522512


२५ लागे नेयमारः मेस्सी भन्दा एक, रोनाल्डो भन्दा ११८ गोल अगाडि




ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार २५ औं जन्मदिन मनाएका छन् । यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ । जसमा नेयमार धेरै अगाडि देखिएका छन् ।

बार्सिलोनाबाट व्यवसासिक फुटबल खेलिरहेका उनको करियर लोभलाग्दो छ । उनले अहिले नै च्याम्पियन्स लिगका साथै दुई ला लिगा, दुई कोपा डेल रेका साथै ओलम्पिक गोल्ड मेडल जितिसकेका छन् ।

अब उनले जित्न बाँकी भनेको विश्वकप र बालोन डि’ओर मात्र हो । र, उनले बालोन डि’ओरमा रोनाल्डो र मेस्सीलाई चुनौती दिन थालिसकेका छन् ।

२५ वर्षको उमेरमा मेस्सीले तीन च्याम्पियन्स लिग, पाँच ला लिगा जितेका उनले तीन बालोन डि’ओर हात पारिसकेका थिए । रोनाल्डोले तीन पि्रमियर लिगको उपाधिसँगै एक बालोन डि’ओर अवार्ड जितेका थिए ।

बालोन डि’ओरमा पछि परेपनि मैदानमा भने नेयमार, मेस्सी र रोनाल्डो भन्दा अगाडि रहे ।

ब्राजिलियन क्लब सान्तोषका पूर्व खेलाडी नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरेका छन् । नेयमारले क्लब र देशका लागि गरेर ४६८ खेलमा २८० गोल गरेका छन् । जबकी २५ वर्षको उमेरमा मेस्सीले ४०५ खेलमा २७९ गोल गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget