Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पद्वारा युक्रेनमा शान्तिस्थापनाका लागि पहल गर्ने आश्वासन

किभ (युक्रेन), माघ २३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा भइरहेको रक्तपातपूर्ण हिंसा अन्त्यका लागि आपूmले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोसँग राष्ट्रपति भएपछि शनिबार भएको पहिलो टेलिफोन कुराकानीमा अमेरिकी समकक्षी ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि रुससहित सरोकारवालाहरुसँग पहल गर्ने आश्वासन दिनुभएको थियो ।

पूर्वी युक्रेनको आमाइभका क्षेत्रमा युक्रेनी सेना र रुस पक्षधर विद्रोहीबीच भएका झडपमा एक हप्ताको अन्तरालमा ३५ जनाको मृत्यु भएपछि उहाँहरुकाबीचमा टेलिफोन कुराकानी भएको हो ।

सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र रकेट आक्रमण जारी रहेको भएपनि बिहीबारदेखि स्थितिमा सामान्य सुधार आएको सरकारी अधिकारीले बताएका छन् । उक्त क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तपछि अमदाइभका र वरपरका मानिसहरू विस्थापित भई चिसोमा खुला आकाशमुनी जम्मा भई बसेका बताइएको छ ।

रसिया र युक्रेनले पछिल्लो झडप सुरु हुनुमा एक अर्कालाई दोषी भन्दै आरोप प्रत्यारोप लगाइरहेका छन् भने अन्तरराष्टिय समुदायबाट झडप र मृत्यु सम्बन्धमा गहिरो चासो व्यक्त भएको छ । संयुक्त राष्ट्रसङ्घ, यूरोपियन युनियनलगायतले मिन्स्क सम्झौताको उल्लङ्घन गर्दै भएका पछिल्लो झडपप्रति संवेदनशील बन्न सरकार, विद्रोही र सम्बद्ध पक्षसँग आग्रह गरिसकेका छन् ।

मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले युक्रेनमा सन् २०१६ मा भन्दासन् २०१७ मा सात लाख मानिसलाई आधारभूत मानवीय सहयोगको आवश्यकता हुने आफ्नो एक प्रतिवेदनमार्फत शुक्रबार जानकारी गराएको थियो ।

अध्ययनले यूक्रेनमा यस वर्षको अन्तसम्म मानवीय सहायताको पर्खाइमा रहने नागरिकको सङ्ख्या ३८ लाख पुग्ने अनुमान गरिएको छ ।

राष्ट्रसङ्घका अनुसार युक्रेनमा सन् २०१४ को अप्रिलमा सुरु भएको द्वन्द्वका कारण करिब १० हजार युक्रेनीको मृत्यु भएकोमा दुई हजार सर्वसधारण रहेका छन् । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget