Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन मिति तत्काल घोषणा नहुने, आयोगलाई निर्वाचन तयारीका लागि सरकारले पत्राचार गर्ने



काठमाडौं,माघ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनबारे महान्यायाधिवक्ता, कानुनमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

सरकारले निर्वाचनबारे असन्तुष्ट दललाई समेत निर्वाचनका लागि सहमतिमा ल्याउने भन्दै मिति घोषणा नगरी निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने भएको हो ।

बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकपछि आयोगलाई पत्राचार गर्ने तयारी गरेको हो ।
निर्वाचनको मिति भने फागुन अन्तिम सातसम्ममा तोक्ने र जेठमा निर्वाचन गर्ने सत्तारूढ दलबीच लगभग सहमति भइसकेको छ ।

पुनर्संरचना आयोगको प्रतिवेदन, स्थानीय तहको निर्वाचन र संविधान संशोधनलगायत विषयमा बुधबार प्रधानमन्त्रीले कानुनविद्हरूसँग छलफल गरेका थिए ।

पुनर्संरचना आयोगको प्रतिवेदनमा विभिन्न दलको र स्थानीय स्तरमै विरोध रहेकाले छुट्टै संयन्त्र बनाएर छलफल गर्ने समेत सरकारको तयारी छ ।

त्यसैगरी सरकार गठनको ६ महिना पुगेकाले बिहाीबारको बैठकमा सरकारको कामकारबाही बारेसमेत छलफल हुने बताइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget