Websoft University

www.radiomakalu.com || 021-522512


अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक – नेत्री कोइराला

काठमाडौँ, माघ २० गते । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनुभएको छ ।

जिपी कोइराला फाउन्डेसनद्वारा यहाँ आज आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उहाँले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गर्नु भयो ।

नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताउनुभयो ।
कार्यक्रममा साइबर अपराधका जानकार एवम् प्रहरी नायब उपरीक्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराउनुभयो । कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव उहाँले दिनुभयो ।
उहाँले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए ।

जिपी कोइराला फाउन्डेसनले युवालाई लक्षित गरी विकास, अपराध नियन्त्रणमा सचेतना, युवा सशक्तीकरणलगायतका विषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget