Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चा कार्यकर्ताद्वारा राजविराज नगरपालिका कार्यालयमा तोडफोड



सप्तरी,फागुन ११ गते  । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।


मोर्चा कार्यकर्ताहरुले गरेको ढुँगा प्रहारबाट कार्यालयको झ्यालको दुई वटा सिसा फुटेको छ । आन्दोलनकारीले कार्यकारी अधिकृत यादवराज सापकोटाको नेम प्लेट समेत बाहिर ल्याएर फालिदिएका छन् ।

मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरीको बिभिन्न ठाउँमा नाराबाजी गर्दै पसलहरु बन्द गराएका छन् । बिहानैदेखि मोर्चा कार्यकर्ताहरुले राजविराज, कंचनपुर, भारदह, कल्याणपुर, बोदे बर्साइन, पातोसहित जिल्लाका प्रमुख बजारहरु बन्द गराएका छन् ।

पूर्व पश्चिम राजमार्गमा पनि सबारी चलेका छैनन् । मोर्चाको बन्दका कारण सप्तरीका सरकारी कार्यालयको समेत कामकाज ठप्प छ ।

संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको बिरोधमा मोर्चाले बुधबार एक दिनका लागि मधेश बन्दको आह्वान गरेको छ । मोर्चाले बन्दको पूर्व सन्ध्यामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।-एस.के. शान, अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget