Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पकाे निर्णय विरुद्ध अदालतको आदेश



लस एन्जेल्स् , माघ २८ गते । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ ।

नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो ।



वाशिंगटनकाे ड्रयुल्स विमानस्थलकाे एक दृश्य

आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझैपनि दाउमै छ ।” उहाँको यो भनाईले सो मुद्धा अब सर्वोच्च अदालतमा लगिने संकेत गरेको छ ।

ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनको लागि प्रवेशप्रतिवन्ध गराउनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले गत जनवरी २७ मा आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न भन्दै मुसलमान बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउनु भएको थियो ।

अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरुबाट आतङकवादीहरुको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको तर्क गरेको छ ।

अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरी आलोचनाको पात्र बन्नु भएको छ । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget