Websoft University

www.radiomakalu.com || 021-522512


मासु भन्दा माछा खानु फाइदा



भिटामिन, मिनरल र न्युटि्रशनको भरपुर भण्डार हो, माछा । यसमा प्रोटीन, ओमेगा-३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण रहेको हुन्छ । माछा कम वोसोयुक्त स्वास्थ्यबर्द्धक सुपर फुड हो । हप्तामा दुई पटकसम्म माछालाई खानामा सामेल गर्न सकिनेछ ।

किन खाने ?
मुटु स्वास्थ्य राख्न
माछामा ओमेगा-३ र फ्याटी एसिड हुन्छ । यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्छ । माछाको सेवनले एचडीएल स्टर नियन्त्रण गर्छ । खासगरी मुटुको रोगीलाई माछाको सेवन लाभदायक हुन्छ । यसले रगत पातलो गर्छ ।

उच्च रक्तचाप घटाउने
उच्च रक्तचापका समस्या भएकाहरुलाई माछा सेवन उपयोगी हुन्छ । यसले शरीरमा कोलोस्टोर लेभल कम गर्छ ।

आँखाको ज्योति बढाउन
आँखको ज्योति बढाउन पनि माछा सेवन सहि हुन्छ । दूरदृष्टि, निकट दृष्टि, मोतियाबिन्दु, आँखामा जलन, सुख्खापन जस्ता समस्या निम्त्याउन दिदैन ।

छालालाई चम्किलो राख्छ
छालको समस्यामा पनि माछाको सेवन ठीक हुन्छ । यसले अनुहारको फुस्रोपन, दाग आदि हटाउन सहयोग गर्छ । माछाको सेवनले छाला कोमल हुन्छ, अल्ट्रभायलेट किरणको प्रभावबाट बचाउँछ ।

मधुमेह नियन्त्रण
मधुमेह रोगीकालागि माछा सेवन एकदमै लाभदायक हुन्छ ।

गर्भाअवस्थामा
गर्भावस्थामा माछाको सेवनले आमा र गर्भको बच्चा दुबैलाई फाइदा पुर्‍याउँछ । गर्भवतीका लागि आवश्यक भिटामिन, मिनरल, पोषणको पूर्ति गर्छ, माछाले ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget