Websoft University

www.radiomakalu.com || 021-522512


‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई


जिविस, नगरपालिका र गाविस कार्यालय बन्द
भद्रपुर, फागुन २ गते । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ । महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिनुभयो ।

हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ । भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरङ्गी एफएममा आबद्ध छन् ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget