Websoft University

www.radiomakalu.com || 021-522512


इब्राहिमोभिचको गोलसँगै म्यानचेष्टर युनाइटेड क्वार्टरफाइनलमा



ब्लाकबर्नलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले ब्लाकबर्नलाई २-१ गोल अन्तरे पराजित गरेको हो ।

ब्लाकबर्नको घरेलु मैदानमा भएको खेलमा अग्रता भने उसले नै लिएको थियो । १७ औं मिनेटमा ग्राहमले गोल गरे । तर, २७ औं मिनेटमा रासर्फडले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो ।


७५ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गरे र, म्यानचेष्टर युनाइटेडको क्वार्टरफाइनलमा चेल्सीसँग भेट पक्का गरेको छ ।  अर्को खेलमा टोटनहृयामले फुलहामलाई ३-० ले हराएको छ । उसको जितमा तीनै गोल हृयारी केनले गरे ।

१६ औं मिनेटमा खाता खोलेका केनले ५१ ऋौं मिनेटमा दोस्रो गोल गरे । उनले ७३ औं मिनेटमा हृयाटि्रक पुरा गर्दै टोलीलाई ३-० को जित दिलाए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget