Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा एकता महाधिवेशन : ‘राजावादी’ पार्टीमा पूर्वराजाको समर्थन कसलाई ?





काठमाडौं माघ २९ गते । सरकार ! हाउ वाज योर चाइना भिजिट ? (सरकार चीन भ्रमण कस्तो रह्यो ?)

ह्वाट ? (हँ)
आइ वाज आस्किङ फर यो रिसेन्ट चाइना ट्रिप ! .हालै भएको सरकारको चीन भ्रमणबारे सोधेको)
इट्स नन अफ योर विजनेस । डन्ट आस्क अबाउट इट । (यो तपाईँको सरोकारको विषय होइन)
पशुपति ! फस्र्ट थिंक अबाउट आवर कन्ट्री एण्ड नेसनालिटी (पशुपति दायाँबायाँ होइन, पहिला देशको बारेमा सोच्नुस्)

यो सम्बाद २६ दिनअघि राष्ट्रपति भवन शीतल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता पशुपतिशमशेर राणाबीचको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुशुमको विहेको निम्ता मान्न पूर्वराजा पुग्दा पूर्वपञ्चको भलाकुसारीका क्रममा राणाले एकाएक अंग्रेजी भाषामा चीन भ्रमणको प्रश्न तेर्साएपछि ज्ञानेन्द्रले रुष्ट शैलीमा जवाफ फर्काएका थिए ।

पूर्वराजाले त्यतिबेला राप्रपा अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, दिनेश श्रेष्ठ, गणेश थापालगायतसँग करीब २० मिनेट टेबल शेयर गरेका थिए । पूर्वराजा र पूर्वपञ्चबीचको त्यो भेटमा सहभागी एक नेताले रातोपाटीलाई बताएअनुसार त्यतिबेला ज्ञानेन्द्रले राणासँग खुलेर बोल्न चाहेका थिएनन् । चीन भ्रमणबारे कुनै जवाफ दिएपछि राणा मौन बसेका थिए । बरु त्यो भेटमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग पूर्वराजा खुलेका थिए ।

संयोग कस्तो थियो भने सो भेट पूर्व दुई राप्रपा (राप्रपा र राप्रपा) एकता भएको थियो । जुन राप्रपा अहिले एकता महाधिवेशनको संघारमा रहेको छ ।

एकातिर संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा तथा अर्कोतिर संघीयता र गणतन्त्रको एजेण्डा बोकेको दुई राप्रपाबीच एकतापछि एकीकृत राप्रपाको भावी रणनीतिमाथि धेरैको चासो छ ।

अहिले महाधिवेशन हुन लागेको अवस्थामा पूर्वराजाको सद्भाव कसलाई रहनेछ भन्ने चासोको विषय बनेको छ । मथिल्लो संवाद पूर्वराजाको कदम के हुन सक्छ भन्ने बुझ्न सकिने संकेत मान्न सकिन्छ ।

२०४७ सालमा संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेण्डालाई आत्मसाथ गर्दै विभिन्न कालखण्डमा फुट्दै र जुट्दै आएको राप्रपा पछिल्लो समय माघ ६ गते एकीकृत भएको हो । तत्कालीन राणा नेतृत्वको राप्रपाले गणतन्त्र र संघीयता तथा राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रलाई आत्मसाथ गर्दै आएका थिए । तर, पनि यी दुई पार्टीबीच एकता भयो ।

दुई परस्पर विरोधी एजेण्डा बोकेका पार्टीले एकता महाधिवेशनबाट कस्तो एजेण्डा लिएर अघि बढ्छ भन्नेबारे पार्टीभित्र त सरगर्मी सुरु भइसकेको छ । बाहिर पनि चासोका साथ हेरिएको छ ।

स्रोतका अनुसार पार्टीले आगामी महाधिवेशनबाट हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाकै एजेण्डालाई आत्मसाथ गर्नेगरी छलफल थालेको छ ।

पूर्वराजाको समर्थन कसलाई ?

राप्रपाको महाधिवेशन आउँन ५ दिन बाँकी रहँदा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका राणाले दाबेदारी पेश गरेका छन् ।

राप्रपामा गणतन्त्र मानिसकेका र राजसंस्थामै आस्था राख्नेहरुबीच एकता भएको अवस्थामा पूर्वराजाको समर्थन कसलाई रहने भन्ने चासो उब्जिनु स्वाभाविकै हो ।

यस विषयमा रातोपाटीले पूर्वराजाका एक सहयोगीसँग बुझ्दा एजेण्डाको हिसावले नजिक रहेका उम्मेद्वारलाई आफूहरुको सद्भाव रहने प्रतिक्रिया दिए ।

आफ्नो नाम उल्लेख नगरिदिन अाग्रह गर्दै उनले भने, ‘गणतन्त्र मानिसकेकालाई दरबारले समर्थन गर्न सक्दैन । सम्बन्धमा जे जस्तो उदारचढाव भएपनि लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा बोक्ने उम्मेद्वारप्रति सद्भाव रहनु स्वाभाविक हो ।’

दोस्रो जनआन्दोलनको सफलतासँगै राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोकेर तत्कालिन राप्रपा नेपाल स्थापित भएको थियो भने राप्रपाले गणतन्त्र स्वीकार गरेको थियो ।

सोहि गणतन्त्र पक्षधरको नेतृत्व गर्ने टीमबाट अहिले प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले अध्यक्षमा आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोक्ने खेमाबाट कमल थापाको दाबेदारी देखिएको हो ।

स्रोतका अनुसार थापालाई दरबारले उति मन नपराउने भएपनि एजेण्डा बोकेकै हिसावले नैतिक रुपमा पनि उनैलाई मान्नुपर्ने बाध्यतामा पूर्वराजा पुगेका हुन् ।

राप्रपा नेपालका सहप्रवक्ता राजाराम बर्तौंला लामो समयदेखि पार्टीले राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा स्थापित गरेको र एकताको महाधिवेशनबाट पनि सोहि एजेण्डामा जान देशभरका कार्यकर्ताबाट सुझाव आएको बताउँछन् ।

कमल थापा निकटका उनले थापाको पक्षमा ७० प्रतिशत बढी प्रतिनिधि रहेको दाबी गरे ।

दरबारको सद्भावमा थापा चुनाव लड्न लागेको हो भन्ने सवालमा बर्तौैलाले भने, ‘कसैको सद्भाव रहन्छ भने हामीले अस्वीकार गर्ने कुरा हुन्न । तर, हामी जनतामाझ बाट यहाँसम्म आएका हौं र जनताले चुनेका प्रतिनिधिबाट नयाँ अध्यक्षको चयन हुनेछ ।’-रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget