Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पप्रतिरोधी घर बनाउन चेतनामूलक नाटक प्रदर्शन



सिन्धुपाल्चोक,माघ २२ गते । २०७२ सालको विनाशकारी भूकम्पबाट सबैभन्दा धेरै प्रभावित सिन्धुपाल्चोकमा भूकम्पप्रतिरोधी घर निर्माण गराउँन चेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

सरकारी अनुदानको मुख नताकी धमाधम आफ्नो सुरमा घर निर्माण हुन थालेपछि स्थानीयलाई भूकम्पप्रतिरोधी घर निर्माणका लागि चेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको कलाकार घिताल चिरिच्याँट्टले बताए ।
स्थानीय सचेत नागरिकसँगै विभिन्न गैरसरकारी संघसंस्थाले सिन्धुपाल्चोकका विभिन्न गाउँमा चेतनामूलक सडक नाटक प्रदर्शन गरिरहेका छन् ।

कारितास जर्मनी र कारितास नेपालको समन्वयमा जनहित ग्रामीण सेवा समितिले सिन्धुपाल्चोकको बतासे, स्याउले, सिम्पालकाभ्रेलगायतका विकट गाँउमा नाटक प्रदर्शन गरेका छन् । नाटक हेर्न गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय जम्मा भएका थिए ।

विपतका प्रकार र विपतको पूर्वतयारीका विषयमा समेत नाटक प्रदर्शन गरिएको समितिका परियोजना अधिकृत विमल गौतमले बताए । नाटक आवाज आर्ट क्रिएशनका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

नाटक हेरिसकेपछि आफूहरुलाई भूकम्पप्रतिरोधी घर निर्माणबारे धेरै कुरा थाहा भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget