Websoft University

www.radiomakalu.com || 021-522512


स्वास्थ्य उपकरण खरिदका लागि झण्डै एक अर्ब

काठमाडाँै, माघ २७ गते । स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।


उहाँले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिनुभएको थियो ।
सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget