Websoft University

www.radiomakalu.com || 021-522512


लोपोन्मुख अवस्थामा कर्णालीको कला, संस्कृति


जुम्ला, फागुन ६ गते । कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, देउडा, रत्यौली गीत आजभोलि सुनिन छाडेको छ । विभिन्न अवसरमा यहाँ आयोजना हुने महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवम् वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले किंवदन्ती जस्तै बन्न थालेपछि पुरानो पुस्ता चिन्तित भएका छन् ।

बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको उनीहरु बताउँछन् ।

यस्ता संस्कृतिमा नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाने हुन् कि भन्ने चिन्ता भएको कुडारी–५ जुम्लाका ८३ वर्षीय रणबहादुर शाहीले बताउनुभयो । “संस्कृति–हाम्रो मौलिकता र पहिचान हो, यसले हाम्रो अस्तित्व राखेको छ, तर यसमा ध्यान नदिएर नयाँ पुस्ताले बाहिरको लाजमर्दो संस्कृति भित्र्याएको देख्दा दुःख लाग्छ” – शाहीले भन्नुभयो । आफू बूढो भइसकेँ तर कसैले पनि हाम्रो कला र संस्कृतिको जगेर्ना गर्न खुलेर नलागेकामा भित्रैदेखि पिरोलिएर आउँछ ।

कर्णालीका संस्कृति विज्ञ रमानन्द आचार्यले हिँजोसम्म यो ठाउँ कला, संस्कृति र साहित्यमा निकै धनी थियो । उहाँ भन्नुुहुन्छ, “कर्णालीको स्थापत्य र वास्तुकलाको विकास गण्डक कान्तिपुर पाटनसम्म पुगेको हाम्रा ताम्रपत्र, शिलालेखमा उल्लेख छ, तर यिनलाई प्रकाशमा ल्याउन नसक्दा यहाँको खस कला, संस्कृति पछिल्लो समय हराउन थालेको हो ।”

“यहाँको कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका छ भन्न बिर्सेका छौँ र कर्णालीवासीले साधना गर्न बिर्सेकाले यो लोपोन्मुख अवस्थामा गएको हो” उहाँले भन्नुभयो, “त्यतिबेला जातीयताका आधारमा नर्तकीहरु नाच्ने, तिब्बतीयन सुन्दरीहरु आउने, गाइने, वादी, भाँडहरुले मनाउने संस्कार पनि थियो । तर अहिले पूर्णरुपले हराउँदै गएको छ । ”
पश्चिम नेपालले ठाडो भाकाको रुपमा रहेको देउडाबाटैे सवाल जवाफ गर्न सकिने हाम्रा गायनशैलीको अनुकरण भएको छ तर हामीेले देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान नसकेकाले लोप हुने अवस्था आएको विज्ञ आचार्यले जानकारी दिनुभयो ।

अहिलेका पप र रफ गीतले यहाँको मौलिकता हराउँदै गएको टिप्पणी गर्दै स्थानीय देउडा गायिका विमला शाहीे भन्नुहुन्छ – “देउडाले यहाँको भूमि र नागरिकको जीवन कथा केलाउँछ, वास्तविकता ओकल्छ र पहिचान देखाउँछ तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन । यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा गायिका शाहीको जोड छ ।

आयातित संस्कृतिको सिको गर्ने नयाँ पुस्ताका कारण कर्णालीको संस्कृति हराएको हो भन्नुहुन्छ समावेशी महिला सञ्जाल जुम्लाका अध्यक्ष लक्ष्मीकन्या बुढा । यहाँको कला, संस्कृति, साहित्य र भाषाको संरक्षण एवम् प्रवद्र्धनतर्फ नलागे भावी दिनमा यसको अवशेष भेटाउन पनि गाह्रो हुने उहाँको भनाइ छ ।
गोरखा दरबारलाई उच्च संरक्षण दिएर शाह वंशावलीको इतिहास उत्खनन गर्ने राज्यले कर्णालीको खस राजाहरु, यहाँको कला, संस्कृति, रीतिरिवाज, भेषभूषाको पहिचान गरी तिनको संरक्षणमा दायित्वबोध नगरेको अध्यक्ष बुढाको आरोप छ ।

स्थानीय देउडा गायक खडानन्द चौलागार्इंले भाषा, संस्कृति र कलाको धनी कर्णालीको वास्तविक पहिचान जोगाउन सबै क्षेत्रबाट अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका विभिन्न विधाको संरक्षण र प्रवद्र्धनका लागि साल बसाली सांस्कृतिक महोत्सव लगाउँछौँ र सिङ्गो कर्णाली क्षेत्रलाई ओगट्ने कला केन्द्र स्थापना गरी त्यसको संस्थागत विकासमा लाग्छौँ ।”

कर्णाली कला, साहित्य र संस्कृतिको धनी मात्र नभई मुलुकको राष्ट्रभाषाको जननी पनि भएकाले जिल्लाका संस्कृति, भाषा, कला र साहित्यप्रेमी युवालाई भेला गरी यिनको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा अघि बढ्ने योजना बनाइएको गायक चौलागाईले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget