Websoft University

www.radiomakalu.com || 021-522512


कर्मचारी प्रक्रियाका नाममा अल्झाउँछन्, म त्यसलाई फुकाउँदैछुः ऊर्जामन्त्री


काठमाडौं,फागुन ९ गते  । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीहरुले जानाजान प्रक्रिया लम्बाइ दिने गरेकोले जलविद्युत्को बिकास हुन नसकेको बताएका छन् ।

‘२ सय केभीको प्रशारण लाइन बनाउन १८ वर्ष लाग्ने, प्राविधिक अध्ययनहरुमै जानाजान ७ वर्ष लम्बाई दिने कर्मचारीको प्रवृतिले नै जलविद्युत्को बिकास हुन नसकेको हो,’ मन्त्री शर्माले भने ।


निजी क्षेत्र तत्काल निर्णय खोज्ने प्रवृत्तिको हुने तर कर्मचारीहरुले भने विधि प्रक्रियाको नाममा जानाजान ढिलाई गरिदिने गरेकोले नेपालमा जलविद्युत्को सम्भावना भएर पनि विकास हुन नसकेको उनले आरोप लगाए ।

शर्माले आफू विद्युत् उत्पादन प्रक्रियाको क्रममा देखिएका सबै विधिगत समस्याहरु हटाउन लागि परेको बताएका छन् । उनले अहिले कुल गाहस्र्थ उत्पादनमा उर्जा क्षेत्रको योग्दान खोज्ने बेला नभएको पनि स्पष्ट पारेका छन् ।

‘अहिले केहीले जीडीपीमा विद्युत्को योगदान भन्ने प्रश्न गरिरहेको पाउँछु, तर अहिले यसकेा चिन्ता गरेर बस्ने बेला छैन्, उर्जा विकासले उद्योग क्षेत्रमा वृद्धि आउँछ, थप लगानीको वातावरण बन्छ,’ शर्माको तर्क छ ।

उनले विद्युत् उत्पादन गर्न सकिएमा यही माग रहेको र जलविद्युत् क्षेत्रमा लगानी गर्न देशभित्रै पुँजी रहेको समेत बताए ।

यता, बैंकर अनिल केशरी शाहले भने जलविद्युत् कम्पनी निर्माण क्षेत्रको क्रममा प्रभावित बासिन्दालाई मुआब्जाभन्दा पनि सेयर दिर्नुपर्ने धारणा राखे । मुआब्जामा धेरै रकम खर्च हुने र यसले जलविद्युत्को बिकास गर्न समस्या परेकोले सेयर दिँदा स्थानीयको पुँजी वृद्धि समेत हुने भएकोले यसो गर्नुपर्नेमा शाहले जोड दिए ।

कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा विदेशी सिमेन्ट उद्योगले आउने चाहाना देखाएपनि तिनीहरुले उपयुक्त खानी भेट्न नसकेको कारण आउन नसकेको बताए ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget