Websoft University

www.radiomakalu.com || 021-522512


सम्पत्ति बढोस् भन्ने चाहनुहुन्छ ? घरमा सुन्दर महिलाको तस्वीर टांग्नुस् !

काठमाडौं , माघ २० गते । घर सजाउनका लागि तस्वीर र पेन्टिङहरू प्रयोग गरिन्छ । यस्ता तस्वीरले घरपरिवारमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन् । वास्तुशास्त्रका अनुसार हरेक चित्रको आफ्नै अलग ऊर्जा हुन्छ जसले पारिवारिक सदस्यमा प्रभाव पार्छ । तस्वीर टांग्दा केही कुरामा ध्यान दिनुपर्छ ।

घरको दक्षिणपूर्व दिशामा कुनै सुन्दर युवती वा मोडेलको फोटो टांग्नुस् । यसो गर्दा घरको वातावरण रमाइलो हुन्छ र घरमा शुभलाभ आउँछ ।

वैवाहिक जीवनमा कुनै समस्यालाई भगाउनु छ भने भगवान् राधाकृष्णको तस्वीर टांग्नुस् । दम्पत्तिले आफ्नो शयनकक्षमा राधाकृष्णको तस्वीर उत्तरपश्चिम कुनामा टांग्नुस् ।

ज्योतिषशास्त्र अनुसार धनका देवीदेवतालाई आमन्त्रित गर्नका लागि उत्तर दिशामा कुबेर, लक्ष्मी वा सूर्यको चित्र झुण्ड्याउनुस् ।

वास्तुदोष हटाउनका लागि दक्षिण–पश्चिम कुनामा प्रकृतिको सुन्दरता देखिने चित्र राख्नुस्, जस्तै पहाड, सूर्य, रुख, बगैंचा । नदी र झरना जस्ता बगिरहेका पानीको चित्र चाहिँ नराख्नुस् ।

सुन्दर र महंगा गहना र जवाहरातको चित्र राख्दा अमंगल मंगलमा परिणत हुन्छ । धनधान्य पनि बढ्छ ।

उत्तर–पश्चिम कुनामा उडिरहेका पन्छीको तस्वीर राख्नुस् । यसो गर्दा पारिवारिक सदस्यहरूका इच्छा पूरा हुन्छन् ।

- - पञ्जाब केशरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget