Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा महाधिवेशनः एक लाखलाई सडकमा उतार्ने दाबी




काठमाडौं,फागुन १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ गते हुने एकता महाधिवेशनको उद्घाटनका क्रममा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । उसले एक लाख कार्यकर्ता तथा समर्थकलाई सडकमा उतार्ने दाबी गरेको छ ।

राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाको महाअधिवेशन ६ गतेदेखि सुरु हुँदैछ ।

भृकुटीमण्डपमा उद्घाटन समारोह हुनेछ । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्कने र १ लाखलाई सडकमा उतार्ने लक्ष्य राखिएको सहायक प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार जनसहभागितालाई उपत्यकाका साथै आसपासका जिल्लालाई भनिएको छ ।

चुनावमा विद्युतीय भोटिङ मेसिन

राप्रपाले नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तय भएको छ ।

नेपाली भोटिङ मेसिन प्रयोग गर्ने तयारी स्वरुप आइतबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेता पशुपतिशम्शेर राणा लगायतको उपस्थितिमा यसबारे जानकारी गराइएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget