Websoft University

www.radiomakalu.com || 021-522512


घुम्न जाऔं धुलिखेल… (फोटो फिचर)



काठमाडौं, माघ २० गते । उत्तरमा हिमाली थुम्का र चारैतिर हरिया पहाडको काख । धुलिखेलको यही विशेषता पर्यटक लोभ्याउन पर्याप्त छ ।

बनेपा-बर्दिबास सडक अन्तर्गत विपी लोकमार्गमा पर्ने यो शहर अरनिको लोकमार्गले पनि छुने सुविधायुक्त ठाउँ हो । नेपाल भाषामा धौख्यः भनिने धुलिखेलले धार्मिक, प्राज्ञिक क्षेत्रमा स्थान बनाए पनि मूल रुपमा पर्यटकीय गन्तव्यकै परिचय बनाएको छ ।

खासगरी काठमाडौंबाट नजिकै सबै सरसुविधा भएको प्राकृतिक ठाउँ खोज्नेहरुलाई ३० किलोमिटरको दूरीमा धुलिखेल पर्खिरहेको हुन्छ । बाहृय पर्यटकको विशेष रोजाइमा पर्ने यो क्षेत्रमा छोटो समयको छुट्टी मनाउन राजधानीका कयौं जोडी पनि पुग्ने गर्छन् ।

अझ धेरै गैरसरकारी संस्थाहरुको गोष्ठी र सेमिनार गर्ने नियमित ठाउँ नै हो ।



आरामदायी बास चाहनेहरुका लागि यहाँ दर्जनौं तारे होटल छन् । होटलको झ्यालबाटै हिमालको सौन्दर्यपान गर्न पाइन्छ ।

ग्रामीण परिवेशको मज्जा लिन खोज्नेहरुका लागि पनि यस क्षेत्रमा विकल्प कम छैनन् । उनीहरुले धुलिखेलकै भट्टेडाँडामा खोलिएका होमस्टेमा प्राकृतिक बसाइको आनन्द लिन सक्छन् । यसका साथै वरपर रहेका पाँचखाल, नमोबुद्ध, पनौती, खोपासी, बल्थली जस्ता उपत्यकाले पनि प्राकृतिक तिर्खा मेटाउँछन् ।

धुलिखेलको ऐतिहासिक र सांस्कृतिक पक्ष पनि बलियो छ । यहाँ हरिसिद्धि यात्रा, मकरमेला, बिस्केटजात्रा,नवदुर्गा जात्रा र भगवती जात्रामा श्रद्धालुहरुको निकै भिड लाग्छ । ऐतिहासिक र पुरातात्विक महत्वको हरिसिद्धि मन्दिरले पनि शहरको शोभा बढाएको छ ।




पूर्वी पहाड पनौती खोपासी र कुसादेवी क्षेत्रमा देखिएको घाम छाँया ।


















धुलिखेल बजार र पृष्ठभूमिमा लाङ्गटाङ्ग हिमश्रृखला




काठमाडौं विश्वविद्यालयको छात्राबास ।







अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget