Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको पहिलो डिबेट प्रतियोगिता हुदै ।


  बिराटनगर, फाल्गुन ३ गते  ।केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । ूहामी युवाू र ूबिराटनगरीू नामक संस्थाको आयोजना र ूहिसान मोरङूको सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनगरलाई कार्य क्षेत्र बनाएर गरिएको यस कार्यक्रमलाई ुबिराटनगर डिबेट च्यामपेनसिपु नाम दिइएको छ भने यस प्रतियोगितामा बिराटनगरका पल्स टु कलेजका बिद्यार्थीहरु सहभागी हुनेछन्।
वल्ड स्कुल डिबेड फरम्याटमा संचालन हुने यस प्रतियोगिता तिन(तिन जनाको समुहरु बिच खेलिने छ । यहि फाल्गुन ५ देखी ८ सम्म चल्ने यस प्रतियोगितालाई आयोजकले दुई भागमा बिभाजन गरेका छन । दुई दिन अर्थात ५ र ६ गते बिद्यार्थीहरुलाई तालिम प्रदान गरिनेछ भने ७ र ८ गते प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको तालिम एम्स कलेज बिराटनगरमा हुन भएको छ साथै फाईनल बिरेन्द्र सभागृहमा हुने आयोजक ुहामी युवाकाु संस्थापक सबिन दाहालले जानकारी दिए । ४ दिन सम्म चल्ने यस प्रतियोगितामा तालिमका लागि अन्तराष्ट्रिय स्थरको प्रतियोगिताहरुमा भाग र तालिम लिइसकेका १० जनाको टोली काठमान्डौबाट बिराटनगर आऊदैछ ।  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget