Websoft University

www.radiomakalu.com || 021-522512


च्याम्पियन्स लिगमा युभेन्टसले पोर्टोलाई उसकै मैदानमा हरायो



युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लव पोर्टोलाई उसकै मैदानमा पराजित गरेको छ ।


विश्वका दुई भेट्रान गोलरक्षकद्वय इकर कासिलास र बुफोनबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको यस खेलमा अवे टोलीका बुफोनले बाजी मारे ।

खेलको दोस्रो हाफको दुई मिनेको अन्तरमा मार्को जाका र ड्यानी आल्भेसले गोल गरेपछि युभेन्टस बिजयी भयो । युभेन्टसले खेलको ७२ र ७४ मिनेटमा गोल गरेका थिए ।

यसअघि पहिलो हाफको २७औं मिनेटमै ब्राजिलियन एलेक्स टेलेक्स रातोकार्ड खाादै मैदान बाहिरिएपछि पोर्टो दबाबमा आएको थियो ।

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनिस टोली सेभियाले इंग्लिस च्याम्पियन लिसेस्टर सिटीलाई दुई एकले हराएको छ । घरेलु मैदानमा सेभियाका लागि पार्लो साराविया र कार्लोस कोरियाले गोल गरेका थिए ।

लिसेस्टरका स्टार जेरेमी भर्डीले अवेगोल फर्काए । उनी नौ खेलदेखि गोलबिहीन थिए । गत डिसेम्बरमा म्यान्चेस्टर सिटीबिरुद्ध हृयाटि्रक गरेपछि भर्डीले कुनै खेलमा गोल गर्न सकेका थिएनन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget