Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पले आप्रवासी प्रतिबन्धमाथि नयाँ आदेश जारी गर्दै





अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को हप्ता आप्रवासी प्रतिबन्धसम्बन्धी नयाँ शासकीय आदेशमा हस्ताक्षर गर्ने बारे बिचार गरिरहेको बताएका छन् । मुश्लिम बाहुल्यता भएका सात मुस्लिम देशका नागरिक माथि लगाएको आप्रवासी प्रतिबन्धको विषयमा अदालतमा चलिरहेको कानूनी लडाईं आफूले नै जित्ने उनले दाबी गरेका छन् ।

ट्रम्पले भने, ‘लडाईं हामीले नै जित्नेछौं’

एन्ड्रुज वायु सैन्य अड्डाबाट फ्लोरिडा जाने क्रममा एयरफोर्स वनमा सवार संवाददातहरुसँग डोनल्ड ट्रम्पले आफूले उक्त लडाईं जित्ने बताए । उनले भने, ‘दूर्भाग्यवश, संवैधानिक रुपमा यसमा समय लाग्नेछ तर हामी यो लडाईं जित्नेछौं । हामीसँग अरु पनि थुप्रै विकल्प छन् जसमध्ये एक नयाँ आदेश ल्याउने पनि समावेश छ ।’

अर्को हप्ता नयाँ आदेशः

यसो भन्नुको पछाडि के नयाँ शासकीय आदेश जारी गर्नु हो भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हो, यस्तो हुन सक्छ । सुरक्षाका कारण हामीले आफ्नो शक्ति प्रदर्शन गर्नैपर्छ । त्यसकारण यो सम्भव छ ।’

उनले नाइन्थ यूएस सर्किट कोर्टको निर्णयको सम्मानमा अर्को हप्तासम्म प्रतिक्रिया दिन प्रतिक्षा गर्ने बताए । उनले सोमबार वा मंगलबारसम्म कुर्ने बताए ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget