Websoft University

www.radiomakalu.com || 021-522512


संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन गर्न जोड

puspa kamal dahal prachanda_1

काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।

सतसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वानसमेत गर्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२÷६३ को दोस्रो जनआन्दोलन र मधेस, थारु, जनजातिलगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।”


नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हुने कुरामा आफू पूर्णतः विश्वस्त रहेको प्रधानमन्त्रीको कथन छ । प्रधानमन्त्रीले सहिदका अधुरा सपना पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आआफ्ना ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget