Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन नभए मुलुक चक्रब्यूहमा फस्ने ः नेता नेपाल

काठमाडौँ, माघ २२ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिनुभएको छ ।

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्र्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

“को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्दै उहाँले भन्नुभयो ।

कार्यक्रममा नेता नेपालले चौतारी स्थापनाकालका अगुवा र पूर्व अध्यक्षलाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा नेकपा (एमाले) का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल हुनुहुन्छ ।

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको उल्लेख गर्नुभयो ।

उहाँले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले परिवर्तित सन्दर्भमा पार्टी र सङ्गठनले आफ्नो भूमिकालाई बदलेर व्यावसायिक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक परिवर्तन र लोकतन्त्रतका लागि नेपाली मिडियाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि मिडियाले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घलाई राजनीतिक दलको हिस्सा नभई नागरिक अगुवा संस्थाका रुपमा विकसित गर्नुपर्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासङ्घलाई स्वतन्त्र संस्थाका रुपमा कायम राख्न दलहरुले यसप्रतिको हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार थपलिया र चौतारीका संस्थापक अध्यक्ष चालिसेले राष्ट्रियतामाथि विभिन्न पक्षबाट भएको आक्रमणबारे पत्रकारिताले जनता समक्ष राष्ट्रिय सोच र सन्देश दिन सक्नुपर्ने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget