Websoft University

www.radiomakalu.com || 021-522512


ओझेलमा पर्दै जनयुद्ध दिवस



काठमाडौँ, फागुन १ गते । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको आज २१ वर्ष पूरा भएको छ । जनयुद्ध शुरू गरिएको सम्झनामा आज विभिन्न समूहमा रहेका माओवादीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर जनयुद्ध दिवस मनाउँदैछन् । यस अवधिमा माओवादी पार्टीमा थुप्रै परिवर्तन आए भने देशले पनि परिवर्तनको फड्को मारेको छ ।
संविधानसभाबाट संविधान निर्माण भएको छ र गणतन्त्र संस्थागत हुने दिशामा देश अगाडि बढेको छ । यद्यपि जनयुद्धको उद्देश्य यति मात्र थिएन भनी आलोचना गर्नेहरू पनि छन् ।
२०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा जनयुद्ध दिवस मनाइने गरिएको छ । शुरूशुरूका दिनमा खुलामञ्चमा यो दिवस भव्यरूपमा मनाइन्थ्यो भने अहिले पार्टी कार्यालयको एउटा कोठामा सीमित भएकोे छ ।
२०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।
यता माओवादी पनि विभिन्न टुक्रामा बाँडिए । जनयुद्धको थालनी गर्ने मुख्य व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ ।
सोही पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्नुभएको छ भने र नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गर्नुभएको छ । यसरी चारवटा पार्टी अहिले क्रियाशील छन् । जनयुद्धबाट आएका यी नेताले अलग अलग पार्टी बनाएका छन् र जनयुद्ध दिवस पनि अलग अलग मनाइरहेका छन् ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता गरी नेकपा (माओवादी) शान्ति प्रक्रियामा आयो । दश वर्ष सशस्त्र युद्धमा बिताएका माओवादीले दशै वर्ष शान्ति प्रक्रियामा पनि बिताए । अझ पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगेको छैन । प्रचण्डको नेतृत्वमा दुईपटक र डा. बाबुराम भट्टराईको नेतृत्वमा एक पटक सरकार बनेको छ । दशवर्षे जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड नेतृत्वको पार्टीले आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ ।
जनयुद्धको मर्म र लक्ष्य पूरा नभएको ठान्ने नेकपा (क्रान्तिकारी माओवादी) ले पनि जनयुद्ध शुरू भएको दिनलाई महìव दिएको छैन । सो पार्टीका प्रवक्ता हरिभक्त कँडेलले जनयुद्ध दिवस पार्टी कार्यालयमा सामान्य ढङ्गले मनाउने जानकारी गराउनुभयो ।
फेरि जनयुद्धमा जाने उद्घोषका साथ नयाँ पार्टी गठन गर्नुभएका नेत्रविक्रम चन्द विप्लव ‘एकीकृत जनक्रान्ति’को नामबाट सङ्घर्ष गर्दै आउनुभएको छ । उहाँले जनयुद्ध दिवसको अवसर पारेर पार्टीको आठांै महाधिवेशन गर्न लाग्नुभएको छ ।
दश वर्षसम्म जनयुद्धको नेतृत्व तहमा भूमिका निर्वाह गर्नुभएका डा. भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ । माक्र्सवाद र माओ विचारधारा पुरानो भयो भन्दै आर्थिक क्रान्तिका लागि नयाँ शक्ति नाम दिएर पार्टी खोल्नुभएका डा. भट्टराईले जनयुद्ध दिवसको अवसरमा कुनै कार्यक्रम राख्नुभएको छैन । पार्टी प्रवक्ता खिमलाल देवकोटाले पार्टीका आन्तरिक कार्यक्रम थुप्रै छन् तर जनयुद्ध दिवसकै नाममा त्यस्तो कुनै कार्यक्रम नरहेको बताउनुभयो ।
दश वर्षसम्म जनयुद्ध गरेका माओवादीका नेताहरू नै त्यसको उद्देश्य पूरा नभएको स्वीकार गर्नुहुन्छ । माओवादी केन्द्रका नेता देव गुरुङले राष्ट्रिय स्वाधीनता र गणतन्त्रका लागि जनयुद्ध भएको थियो । त्यसमध्ये गणतन्त्र, धर्म निरपेक्षता लागू भयो तर अझै राष्ट्रिय स्वाधीनताको लडाइँ बाँकी रहेको बताउनुभयो । उहाँको भनाइ छ, जनयुद्धले महìवपूर्ण उपलब्धि दियो तर त्यो अझै स्थापित हुन सकेको छैन । ’-सुरेशकुमार यादव

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget