Websoft University

www.radiomakalu.com || 021-522512


भोलिबाट हुने अखिल कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा



भोलिबाट हुने अखिल कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

तेह्रथुम / तेह्रथुम सदरमुकाम म्याङलुङमा भोलीबाट सञ्चालन हुने माबी स्तरीय अखिल कप भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । अनेरास्वबियु तेह्रथुमले २०६६ सालदेखी बिद्यार्थीहरुको रचनात्मक बिकास सँगै खेलकुद बिकास गर्ने उदेश्यका साथ निरन्तर सञ्चालन गर्दै आएको प्रतियोगिता यस बर्ष पनी भोलीबाट १८ गते सम्म सञ्चालन हुने भएको अनेरास्वबियुका केन्द्रिय सदस्य तथा २१ औ जिल्ला सम्मेलन समिती तेह्रथुमका संयोजक प्रकाश श्रेष्ठले बताउनु भयो ।


प्रतियोगितामा जिल्लाको ८ वटा माबीहरुको सहभागीता रहने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार रनिङ कप मेडल प्रमाण पत्र पाउने भएका छन । त्यस्तै दोश्रो हुनेले नगद २० हजार कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने अनेरास्वबियु तेह्रथुमले जनाएको छ । प्रतियोगिताको लागी सोल्मामा जन्म भई अष्टेलियामा कार्यरत समाजसेबी राधिका पोख्रेलले पहिलो पुरस्कार ३० हजार सहयोग गर्नु भएको छ ।

त्यस्तै दोश्रो पुरस्कार तेह्रथुम ओयाक्जुङ ५ मा जन्म भई रोजगारका लागी ईजराईलमा रहनु भएका युबा समाजसेबी देब बास्कोटाले २० हजार सहयोग गर्नु भएको छ । प्रतियोगिता भोली बिहान १२ बजेबाट सुरु हुने भएको छ । प्रतियोगिता भालीदेखी १८ गते सम्म सञ्चालन हुने छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget